पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्दै अनेरास्ववियू

होमल्याण्ड खबर

२०७७ चैत्र २३ गते, सोमबार ११:४४ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै चौतर्फी विरोध भइरहेको छ । केही सातायता लगातार पेट्रोलियम पदार्थको मूल्य बढाईरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमाकच्चा तेलको मूल्य बढेको र आईओसीले मूल्य बढाएर पठाएका कारण मूल्य बृद्धि गर्न परेको निगमको भनाइ छ । आइतबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य बढाएको थियो ।

यसैबीच सत्तारुढ दल एमालेको झलनाथ खनाल माधव नेपाल पक्षको विद्यार्थी सँगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने भएको छ ।

दिउँसो १२:०० बजे आयलनिगमको कार्यालय, बबरमहल घेराउ गर्ने अनेरास्ववियूले जनाएको छ ।