१३ मंसिर २०८१, बिहीबार
सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ वर्ष लागे पछि सुनको मूल्य प्रतितोला १ हजार रुपियाँ बढेको हो ।
बैंशाख १ गते नयाँ वर्षको दिन मूल्य सार्वजनिक गरिएको थिएन भने हिजा विहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ र आज शुक्रबार पनि प्रतितोला ७ सय रुपियाँ बढेको हो । त्यसैगरी चाँदी पनि विहीबार प्रतितोला ३० रुपियाँ बढेको थियो भने आज पुनः प्रतितोला १० रुपियाँ बढेर कारोबार भइरहेको छ ।
महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ र चाँदीको मूल्य एक हजार ३ सय रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपियाँ र चाँदीको मूल्य एक हजार २ सय ९० रुपियाँमा कारोबार भएको थियो ।