१३ मंसिर २०८१, बिहीबार
सरकारले कोरोना बीमा नगर्ने भएको छ । संक्रमण तीव्र भएपनि बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको हो । एक वर्षका लागि भएको बीमालेख अब जारी नगर्ने भएको हो ।
सुरुमा १ लाखको गरिएको बिमा लेख पछिल्लो समय २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ ।
सरकारले नै एक वर्षको लागि बीमा भनेकाले त्यसको म्याद सकिएसँगै नयाँ जारी नगरिने बीमा समितिले जनाएको छ ।
कोरोना बीमा लघुबीमा निर्देशिका अन्र्तगत रहेर ल्याइएको बीमा लेख हो । यदि सरकारले नै बजेटमार्फत् आगामी वर्ष पनि कोरोना बीमाको लागि निर्देशन दियो भने सोही अनुसार आफुहरु अघि बढ्ने समितिले जनाएको छ । हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजारको कोरोना बीमा प्रमाणित भएको छ । १३ हजार ९ सय ६२ मागदाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरण पेन्डिङ रहेको छ ।
यता बीमा कम्पनीहरु भने सरकारले रकम नदिएको भन्दै दावी भुक्तानी दिन आनाकानी गरिरहेका छन् ।