मन्त्री बस्नेतको पहलमा कोराेनाबाट ग्रसित समुदायलाई राहत सामग्री वितरण

होमल्याण्ड खबर

२०७८ बैशाख २१ गते, मंगलवार १५:११ मा प्रकाशित

मन्त्री रामशरण बस्नेतको पहलमा कोभिड १९ बाट ग्रसित समुदायलाई राहत सामग्री वितरण भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतको पहलमा कोभिड(१९ बाट ग्रसित समुदायलाई राहत सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गोरखा जिल्ला भिमसेन थापा गापा ७ क्यामुनटारमा नेकपा एमाले जिल्ला कमिटी गोर्खा को बिशेष पहल र सोही प्रदेश क्षेत्र बाट निर्बाचित माननीय भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत को सहयोग मा कोभिड १९ बाट ग्रसित समुदायलाई ४० बोरा चामाल , १०० केजि दाल , ४० पोका तेल , ५० पोका नुन लगायत अन्य खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
उक्त खाद्य सामाग्री वितरण कार्यक्रममा पार्टीका व्यक्तित्वहरु बाबुराम थापा सम्झना देवकोटा, सुरेन्द्र थापा, कृष्ण नेपाली,साधुराम थापा र सुजन सिखडाको उपस्थिति मा हस्तान्तरण गरिएको थियो ।
नेकपा एमाले भिमसेनथापा गापा कमिटीको अनुरोधलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सहयोग उपलब्ध गराउन पहल गर्ने जिल्ला कमिटी र सहयोग गर्नुहुने माननीय मन्त्री ज्यु लाई कोभिडबाट ग्रसित जनताले धन्यवाद दिएका छन्।