सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत नगद लाभांश दिने

होमल्याण्ड खबर

२०७५ असार १८ गते, सोमबार ०८:४० मा प्रकाशित

साँग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।
आइतबार सम्पन्न बैंकको १३ औं वाषिर्क साधारणसभा आब०७३र७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
हाल २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकका लाभांश वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ । साधारणसभाले सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले पेश गरेको बाषिर्क प्रतिबेदन प्रस्तुत गरी सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणहरु पारित गरेको छ ।
बैंकले चालु आबको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि करिब २५ करोड ६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।