स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

होमल्याण्ड खबर

२०७८ जेष्ठ १५ गते, शनिबार १६:४३ मा प्रकाशित

सरकारले आगामी वर्षमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।                                                                        अर्थमन्त्री बिष्णु पौडेलले शनिबार अध्यादेशमार्फत आयव्यय विवरण सार्वजनिक गर्दै आगामी वर्षका लागि स्वास्थ्य मन्त्रालयमा बजेट बढाएको जानकारी दिएका हुन्।