१२ मंसिर २०८१, बुधबार
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले घट्दै ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।