खगराज अधिकारीलाई गृह र बादलकी श्रीमतीलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिने

होमल्याण्ड खबर

२०७८ जेष्ठ २७ गते, बिहीबार १४:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन आफैले राखेका प्रधानमन्त्री ओलीले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्।

ओलीले खगराज अधिकारीलाई गृह मन्त्रालय र रामबहादुर थापा बादलकी श्रीमतीसमेत रहेकी नैनकला थापालाई सञ्चारमन्त्रीको जिम्मा दिने भएका छन् ।

त्यसैगरी वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडीको नाम चर्चामा छ ।

नयाँ मन्त्रीहरुलाई आजै आजै राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण गराउने तयारी गरिएको छ ।