सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

होमल्याण्ड खबर

२०७८ असार १४ गते, सोमबार ११:३८ मा प्रकाशित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सोमबार बिहान बसेको प्रदेशसभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच बजेट पारित भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट ल्याएको थियो ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल भएका छन् ।