यूनियन लाइफको ६४ करोडको आईपीओ बिक्री खुल्ला

होमल्याण्ड खबर

२०७८ असार २४ गते, बिहीबार ११:५९ मा प्रकाशित

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २ सय ५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ५८ लाख ५ हजार कित्तामा आवेदन दिन सक्ने छन् । यसको अर्थ दश कित्ता नियमअनुसार ५ लाख ८० हजार ५ सय लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।