१२ मंसिर २०८१, बुधबार
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गरेका छन् ।
आजै अर्थमन्त्रीको कार्यभार सम्हालेका मन्त्री शर्माले खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासाका लागि स्वीकृति प्रधान गरेका हुन् ।
साथै उनले सरकार जनताको जीवन रक्षका लागि केन्द्रित रहेको बताएका छन् । मन्त्री शर्माले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम पनि स्वीकृत गरेका छन् ।