नयाँ आर्थिक वर्षको दिन सुनचाँदीको मूल्य स्थिर

होमल्याण्ड खबर

२०७८ श्रावण १ गते, शुक्रबार १२:०७ मा प्रकाशित

नयाँ आर्थिक वर्षको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य समेत गत हिजोकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।