१२ मंसिर २०८१, बुधबार
बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिए पछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी संकलन हुने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सकिने छ । यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।