९ कार्तिक २०८३, आईतवार
नेपाली बजारमा आज सुनको मूल्य घटेको भने चाँदीको मूल्य स्थिर छ।
आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।