१२ मंसिर २०८१, बुधबार
साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छपावाला सुनको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि १ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।