१२ मंसिर २०८१, बुधबार
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको हो ।