१२ मंसिर २०८१, बुधबार
विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयले १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरेको छ ।
मंगलबार एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालय प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको पनि मन्त्री श्रेष्ठले बताए ।