सरकारको अपहरण शैली, प्रहरीको प्रोपोगाण्डा

होमल्याण्ड खबर

२०७५ श्रावण ४ गते, शुक्रबार ०७:४० मा प्रकाशित


 

सरकारले अनशनरत डा. गोविन्द केसीलाई प्रहरी र सेनाको बल प्रयोग गरी अपहरणको शैलीमा काठमाण्डौं ल्याएसँगै सरकारको शैली प्रति चौतर्फी आलोचना भएको छ । प्रतिपक्षको विरोधी चरित्र भन्दै आएको सरकारको यो शैली प्रति मानवअधिकारवादी, पेशागत संघ सस्था तथा प्रेस जगतले पनि आलोचनात्मक टिप्पणी गरेका छन् ।

यस्तो भएको थियो जुम्लामा

अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने हल्ला चलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसी समर्थकको विरोध प्रदर्शनको तयारी, केसीलाई लैजान सेनाको हेलिकोप्टर भगवती दल गणमा अवतरण ।

(बिहान १० बजे ः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक खगराज बरालसहित प्रतिष्ठान हातामा प्रवेश, विद्यार्थीको अवरोध, डा. केसीलाई नभेटेरै उनीहरू फर्किए ।

(बिहान १०ः३० बजे ः प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र सरकारी टोलीबीच आधा घन्टा छलफल, केसीलाई काठमाडौं लैजाने सहमति बनेन । सरकारी टोली बल प्रयोग गरेरै भए पनि लैजाने निष्कर्षमा पुग्यो ।

(बिहान ११ः३० बजे ः प्रहरी बल प्रयोग गरेर अस्पतालभित्र र्छियो । विरोधमा उत्रिएका विद्यार्थी र स्वास्थ्यकर्मीसँग झन्डै एक घन्टा झडप भयो । प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भए । झडपका क्रममा प्रतिष्ठानका झ्यालढोकाका सिसा र फर्निचर तोडफोड भए ।

 

(दिउँसो १ः३० बजे ः डा. केसीले पत्रकार सम्मेलन बोलाए । जुम्लामा बसिरहँदा धनजनको ठूलो क्षति हुने देखिएकाले आफू काठमाडौं जान तयार भएको उनले बताए । (दिउँसो ३ः०० बजे स् जुम्लाका डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहित ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए ।

(अपराह्न ४ः०० बजे स् प्रतिष्ठान परिसरमा केसीका केही समर्थक विरोधमै थिए । तर, पनि सरकारी टोली केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान सफल भयो । जाँदाजाँदै केसीले आपूmलाई बल प्रयोग गरेर सरकारले काठमाडौं जान बाध्य पारेको बताए ।

प्रहरीकै गोलीले प्रहरी घाइते

जुम्लामा प्रहरीकै गोली लागेर घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई थप उपचारका लागि शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।
बिहीबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. गोविन्द केसी समर्थकले गरेको नाराबाजीमा प्रहरी हस्तक्षेप गर्दै गोली चलाएको थियो । गोली लागेर घाइते भएका प्रहरी जवान कमल आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनको मनमोहन कार्डियोथोरासिकमा उपचार हुँदैछ । डा. भगवान कोइरालासहितको चिकित्सकको टोलीले उनको उपचार सम्लग्न भएको समाचार छ ।

जुम्लाबाट नेपालगन्ज ल्याइएर आचार्यले बिहीबार राति नेपालगन्ज मेडिकल कलेजमा राखिएको थियो । प्रहरीले आन्दोलनकारीले सिसा र किला प्रहार गर्दा छातीमा लागेर घाइते भएको बताए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार उनको बायाँ छातीमा गोली लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अस्पष्ट प्रहरी

प्रहरीले आन्दोलनकारीले सिसा र किला प्रहार गर्दा छातीमा लागेर घाइते भएको बताएको थियो । यस्तै दिउँसो ३ः०० बजे जुम्लाका डिएसपी तपनकुमार दाहालले ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए । डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहितमात्रै प्रहरीको मृत्यु भएको माइकिङ गरे विकसीत घटनाक्रमले देखाएको छ । अझ अनौठो पक्ष त, उपचारमा संलग्न चिकित्सकका अनुसार उनको बायाँ छातीमा गोली लागेको जनाएको छ ।

सञ्चार मन्त्रीको प्रश्न जिम्मेवारी कसले लिने ?

प्रहरीको गोली लागेर घाइते भएका प्रहरी जवान कमल आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरी जवान कमल आचार्यलाई थप उपचारको प्रसँग उल्लेख गर्दै सञ्चार मन्त्री गोकुल बाँस्कोटाले यसको जिम्मा कसले लिने भन्ने प्रश्न गरेका छन् ।