१२ मंसिर २०८१, बुधबार
आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो । आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ ।
हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ । यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।