पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

होमल्याण्ड खबर

२०७८ कार्तिक २५ गते, बिहीबार ११:१० मा प्रकाशित

अनेरास्ववियू ९क्रान्तिकारी० ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी० ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरिएको हो ।

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको छ । मूल्यवृद्धि फिर्ता नगरेमा सशक्त संघर्षमा उत्रन बाध्य हुने क्रान्तिकारीले चेतावनी दिएको छ ।

नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै खाना पकाउने ग्यासको मूल्यमा ७५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।