पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध भृकुटीमण्डपमा सिलिन्डर बोकेर प्रदर्शन

होमल्याण्ड खबर

२०७८ कार्तिक २८ गते, आईतवार १५:३५ मा प्रकाशित

 सत्तारुढ दल निकटका विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनहरुले आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर े ग्यास सिलिण्डर बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।

नेपाल आयल निगमले कात्तिक २४ गते रातीबाट लागू हुने गरी पेपेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँको दरले, हवाई इन्धन (आन्तरिक तथा बाह्य) मा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्य बढाएको थियो ।

पछिल्लो मूल्यअनुसार पेट्रोल प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।