१२ मंसिर २०८१, बुधबार
पूर्वअर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक रहेकाे प्रतिक्रिया दिनुका छन् । सोमबार मौद्रिक नीतिको समीक्षाकाे विषयमा प्रतिक्रिया दिँदै कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको आएकाले सकारात्मक रहेको बताएका हुन् ।
उनले भने, ‘कोरोना महामारीका कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन, हरेक क्षेत्रमा क्षति गर्याे ।’
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् उद्योग व्यवसाय चलायमान बनाउनको लागि राहतका कार्यक्रम तथा सुविधाहरू व्यवस्था गर्नु आवश्यकता रहेको उनकाे भनाइ छ ।