आज मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट

होमल्याण्ड खबर

२०७८ पुष २० गते, मंगलवार ११:३१ मा प्रकाशित

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

मूल्य घटेसंगै आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।