९ मंसिर २०८१, आईतवार
आर्कटिक महासागरमा पनडुुब्बी र युुद्धपोतको टक्करपछि बेलायतले अब रुसलाई युद्धको धम्की दिएको छ । बेलायतका चिफ अफ डिफेन्स स्टाफ एडमिरल सर टोनी रेडकिनले रुसले पानीभित्रको महत्वपूर्ण संचार केबल काटेमा यसलाई युद्धको कारबाहीको रुपमा लिइने चेतावनी दिएका छन् ।
यो चेतावनी रुस–नेटो काउन्सीलको बैठकको ठिक एक दिन अघि दिइएको हो । यसमा पश्चिमी देशले रुसबाट युक्रेनको सुरक्षाको ग्यारेन्टी माग गर्नेछन् । (एजेन्सी)