१२ मंसिर २०८१, बुधबार
अर्थमन्त्री जनार्दन शर्माले आगामी माघ महिना भरीमा तरलताको समस्या सामाधान हुने दावी गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा उनले अहिले नै तरलताको समस्या केही सहज भइसकेको भन्दै माघ महिनाभरीमा तरलताको समस्या सामाधान हुने बताएका हुन्।
तरलताको समस्या केही छ। त्यो क्रमश सामाधान भइरहेको छ। उनले भने, हिजो जे थियो त्यो आज छैन। माघ महिनाभरिमा तरलता संकट समाप्त हुन्छ। त्यसको लागि आवश्यक कदमहरु अगाडि बढाइसकेको अर्थमन्त्री शर्माले बताए।
पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता निकै अभाव भएको थियो। त्यसलाई केही कम गर्न अर्थ मन्त्रालयले केही समय अघि मात्रै स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो।
कार्यक्रममा मन्त्री शर्माले अहिले बाहिर भनिएजस्तो अर्थतन्त्र संकटमा नपरेको समेत प्रष्ट पारे। केही दबाव परेको भए पनि त्यस्तो ठूलो संकट नआएको उनले बताए।