१२ मंसिर २०८१, बुधबार
साताको तेस्रो दिन मंगलबार (आज) बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला रु.९२ हजार तोकिएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।