२६ श्रावण २०८३, मंगलवार
नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर साढे ९३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ ।