१० मंसिर २०८१, सोमबार
काठमाडौंबाट दोलखाबासीले माथिल्लो तामाकोशीको आईपीओको भर्ने म्याद थपिने भएको छ । म्याद सकिने अन्तिम अवस्थामा आईपुगेपछि पुन एक हप्ताको लागि म्याद थपिने भएको हो ।
काठमाडौंमा बसोबास गर्ने दोलखाबासीलाई लक्षीत गरेर माथिल्लो तामाकोशीको आवेदन यही साउन १६ गतेदेखि १० दिनलाई खुल्ला गरिएको थियो । काठमाडौंबासी दोलखालीले काठमाडौंबाट आइपीओ भर्ने म्याद थप्न लागिएको हो ।
साउन २५ गतेसम्म मात्र आवेदन तथा दरखास्त बुझाउने म्याद रहे पनि अन्तिम चरमा म्याद थप्नैपर्ने भएको हो । यसरी काठमाडौंकालागि म्याद थप गरिए पनि दोलखामा भने म्यादमा हेरफेर भएको छैन ।
दोलखा काठमाडौंको छिमेकी जिल्ला पनि हो । देशको राजधानी समेत भएकाले काठमाडौंमा बसोबास गर्ने दोलखाबासीको सङख्या धेरै छ । सोही कुरालाई आधार बनाएर आईपिओ खुल्लाइएको भएपनि आवेदन दिनेको नतिजा त्यस्तो आएन ।
अझै पनि आयोजना प्रभावितको लागि खुलाईएको उक्त आईपिओमा आवेदन पर्ने आश कम्पनीले मारेको छैन । कम्पनीलाई अहिले आफूले सार्वजनिक गरेको म्यादको अवधी नै कमी भएको महशुस भएको छ ।
हालसम्म आवेदन बुझाउनेको सङ्ख्या करीब ५० हजारको हाराहारीमा पुगेको छ । सो आवेदनलाई नै आधार बनाउने हो भने अहिलेसम्म १ अर्ब ५ करोड रुपैंया संकलन भएको कम्पनीले जानकारी दिएको छ ।
म्याद सार्ने कम्पनीको निर्णयलाई बोर्डले समेत सहमती जनाई सकेको छ । यसरी आवेलनको सङ्ख्या १६ प्रतिशत पुग्न नै हम्मेहम्मे परेका कारण म्याद सार्ने अवस्था सिर्जना भएको पाईन्छ ।