११ मंसिर २०८१, मंगलवार
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरी ठूलो बृद्धि भएके छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो ।
बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।