११ मंसिर २०८१, मंगलवार
चालू आर्थिक वर्ष ०७८र७९ को साउदेखि माघसम्म वस्तु आयातमै देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा पछिल्लो अवधिमा वस्तु आयात ४२।७९ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति तथ्याङ्क सार्वजनिक गरेर यस्तो जानकारी दिएको हो ।
सात महिनामा कूल वस्तु आयात ४२।८ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि नगन्य अर्थात् ०।०१ प्रतिशतमात्रै बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०।९ प्रतिशत, ४२।३ प्रतिशत र ८३।८ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायत वस्तु आयात घटेको छ ।
यो अवधिमा नेपालबाट हुने निर्यात पनि बढेको छ । निर्यात ८८।३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७।६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ निर्यात क्रमशः ११३ र २७७ प्रतिशतले वृद्धि भएको छ ।
चीनतर्फ निर्यात घट्यो, भारततर्फ बढ्यो
चीनतर्फको निर्यात १२।४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो ९पोलिष्टर तथा अन्य०, जुस लगायतका वस्तुको निर्यात बढेको छ । अलैंची, चिया, जडीबुटी, तार लगायतका वस्तुको निर्यात घटेको छ । कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको केन्द्रीय बैंकले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष २०७८र७९ को सात महिनामा कूल वस्तु व्यापार घाटा ३८।४ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०।७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११।५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८।७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।