बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।
यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ । १९ अंक माथिले घटेको बजारमा आज २ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।