आइतबार १४ अंकले घट्यो नेप्से

होमल्याण्ड खबर

२०७८ चैत्र ६ गते, आईतवार १५:४६ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.६७ अंकले र सेन्सिटिभ सूचक ३.०१ अंकले घटेको हो।

आज २ सय २४ कम्पनीको सेयर कारोबारमा सामेल भएकामा ४२ लाख ८७ हजार कित्तामात्रै बिक्री भएका छन् । दिनभरिमा ३५ हजार २ सय १२ पटकको खरिदबिक्रीपछि २ अर्ब २७ करोड ४६ लाखको कारोबार भएको हो।

आज सबैभन्दा धेरै कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोडको, जीवन विकास लघुवित्तको १३ करोडको कारोबार भएको छ ।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले पनि ४.८९ प्रतिशत आम्दानी गरेका छन् ।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.७६ प्रतिशत गुमाएका छन् ।

आज लगानी समूहबाहेकका उपसूचक राताम्य छन् ।