दोहोरो अंकले नेप्से घट्दा कारोबारमा देखियो असर

होमल्याण्ड खबर

२०७८ चैत्र १४ गते, सोमबार १५:३१ मा प्रकाशित

सोमबार सेयर बजार घटेको छ । आज सेयर बजारको परिसूचक २९.९८ अंकले घटेर २,५४२.२८ पुगेको हो । दिनभर जम्मा २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ ९४ पैसाको कारोबार भएको छ ।  कारोबार भएका कुल कम्पनीमध्ये १६७ कम्पनीको मूल्य घटेको छ भने जम्मा २१ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ ।

सोमबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, नेष्डोको सेयर ६.१० प्रतिशतले बढेको छ ।  नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ ३० पैसाको कारोबार भएको हो ।