दुर्गा प्रसाईले खोले भक्तपुरमा दुई अर्ब रुपैयाँको तरकारी बजार, ४ सय जनालाई रोजगारी दिने

होमल्याण्ड खबर

२०७८ चैत्र १६ गते, बुधबार १२:१२ मा प्रकाशित

भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको सो बजार अहिलेसम्मकै ठूलो रहेको बताइएको छ । । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन् ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन्। सञ्चालक प्रसाईँका अनुसार चार हजार ४ सय जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको हो ।

किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको उनले बताए । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ ।