११ मंसिर २०८१, मंगलवार
बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले मात्र घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।