सेयर बजारमा ३४ अंकको गिरावट

होमल्याण्ड खबर

२०७८ चैत्र २९ गते, मंगलवार १६:०८ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ३४.७८ अंकले घटेर २३ सय अंकको बिन्दुतर्फ घरेको छ । सेयर बजार उच्च अंकले घटेसँगै नेप्से परिसूचक २३ सय ८५ अंकमा आइपुगेको हो ।

यसक्रममा आज १ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३७ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक ३४ अंकले घटेको दिन आज होटल र टुरिजम समूहको सूचक ३.१४ अंकले बढ्नुबाहेक अन्य समूहमा सुधार आएन ।

आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक घटेको छ । यो समूहमा २३५ अंकको गिरावट आएको छ भने जिवन बीमा समूहमा २१४ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा ७१ अंकको गिरावट आएको छ भने जलविद्युत समूहमा ५२ अंकको गिरावट आएको छ ।