११ मंसिर २०८१, मंगलवार
शुक्रबार नेपाली बजारमा सुनको मूल्य पाचँ सय रुपैयाँले बढेर प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम रहेको छ । बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।