९ मंसिर २०८१, आईतवार
राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माणकार्य अझै अधुरै छ ।
निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्र्सेिन डुबान र बाढीबाट ठूलो जनधनको क्षति हुँदै आएको छ । नेपाल सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती नदीमा तटबन्ध निर्माणको कार्य गर्दै आए पनि स¬¬¬साना खुद्रे आयोजना बाढीले भत्काउने गरेका कारण राप्ती नदी किनारका बस्ती बर्र्सेिन डुबानमा पर्दै आएका छन् ।
नदीमा तटबन्ध नभएकै कारण मनसुन सुरु भएपछि नदी किनारका बासिन्दाले ठूलो दुःख र कष्ट भोग्दै आएका छन् । राप्तीमा बाढी आउने र गाउँ डुब्ने भन्ने चिन्ताले वर्षाभरि सो क्षेत्रका बासिन्दाले ढुक्कले सुत्न पनि नपाएको उनीहरू बताउँछन् । हरेक वर्ष अविरल वर्षापछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतबारीसँगै बस्ती कटान गर्ने र बस्ती डुबाउने गरेको छ ।
बाढीबाट बर्र्सेिन खेतबाली र घरगोठ क्षतिग्रस्त हुँदा घरमा भन्डारण गरेर राखेको खाद्यान्न समेत नोक्सान भई स्थानीय बासिन्दा विच्चलीमा पर्ने गरेका छन् । राप्तीको कटानबाट सयौं स्थानीय बासिन्दा सुकुम्वासी हुनुपरेको छ । सिधनियामा तटबन्ध निर्माण गरेपछि भने त्यहाँका स्थानीय बासिन्दाले केही राहत महसुस गरेका छन् । तर, राप्ती नदीको कटानबाट उच्चजोखिममा हरेको होलिया क्षेत्रमा पक्की तटबन्ध निर्माणका लागि स्थानीय बासिन्दाले लामो समयदेखि सरकारसमक्ष माग गर्दै आए पनि त्यस क्षेत्रमा तटबन्ध निर्माणकार्य पूरा भएको छैन ।
तटबन्ध नहुँदा नदीको कटानबाट हरेक वर्ष केही न केही खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । बस्तीमा बाढी पसेर बर्र्सेिन करोडौंको क्षति हुँदै आएको स्थानीय बासिन्दा रामसिंह थारुले बताए ।
यसैबीच बाढी र डुबानको चपेटाबाट गाउँलाई जोगाउन बाँकेको राप्तीसोनारी गाउँपालिका–६ को कार्यालयले भने आफ्नै
बजेटबाट करिब ३० लाखको लागतमा नदीको कटानबाट उच्चजोखिममा रहेको सिधनियामा ८४ मिटर लामो पक्की तटबन्ध निर्माण गरेको छ ।
नदी कटानको उच्चजोखिमबाट गाउँलाई जोगाउन वडा कार्यालयमा आएको विकास बजेटबाट करिब ३० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो । वडा कार्यालयमा आएको बजेटबाटै तटबन्ध निर्माणको काम सुरु गरिएको र आगामी वर्ष पनि तटबन्ध निर्माणको कामलाई निरन्तरता दिइने राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनक थारुले बताए । वडा नम्बर ६ लाई बाढीबाट जोगाउन करिब ६ किमि क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने अध्यक्ष थारुले जनाए । उनले भने, “तर वडामा आउने बजेटले मात्रै सबै ठाउँमा तटबन्ध निर्माण सम्भव छैन । केन्द्र सरकारले गुरुयोजना बनाएर राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध गरेपछि मात्रै गाउँबस्तीलाई जोगाउन सकिन्छ ।”
राप्ती नदीको बाढी र कटानबाट नदी वरिपरिका दर्जनौं गाउँलाई जोगाउने एकमात्र विकल्प नदीमा लामो तटबन्ध निर्माण नै भएको राप्तीसोनारी गाउँपालिकाले निष्कर्ष निकालेको छ ।