११ मंसिर २०८१, मंगलवार
सोमबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५ सय रुपैयाँ र चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३सय रुपैयाँले नै घट्दै ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।