११ मंसिर २०८१, मंगलवार
सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अंकले ओरालो लागेको छ । आज १५ अंकले नेप्सेमा गिरावट आएको हो ।
हिजो सोमबार झण्डै ३५ अंकले नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १५.०२ अंकले घट्दै २३ सय ७०.९९ अंकमा झरेको हो ।
योसँगै आजको कारोबार रकम एक अर्ब ४ करोड रुपैयाँ मात्रै भएको छ ।