११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

होमल्याण्ड खबर

२०७९ जेष्ठ १५ गते, आईतवार १६:२४ मा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।

उनले यो राजश्व संकलन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बृद्धि हुने उल्लेख गरेका छन्।