नेप्सेमा ४५ अंकको गिरावट

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार १७:०८ मा प्रकाशित

सेयर बजार नेप्सेमा एकैदिन ४५५९ अंकले गिरावट आएको छ। बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ।गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ। नेप्सेमा साताको पहिलो दिन सोमबार १२.८९ अंकले गिरावट आएको थियो।

नेप्सेमा ३८ लाख ८७ हजार ७ सय ४८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा मंगलबार १ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन्। सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सकारात्मक सर्किट लागेका कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १८ रुपैयाँ बढेर २ सय ३ रुपैयाँ ९ पैसा पुगेको छ। यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १ सय ९३ रुपैयाँ बढेर २१ सय २६ रुपैयाँ पुगेको छ।मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ। सर्किट लागेको हिमालय बैंकको सेयर मूल्यमा ३८.५ रुपैयाँले घटेर ३ सय २३ रुपैयाँ पुगेको छ।