११ मंसिर २०८१, मंगलवार
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ। दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने-गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो। नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो। दुई बैंकले ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।