११ मंसिर २०८१, मंगलवार
आदर्श लघुवित्तको आईपीओ बाँडफाँड भएको छ। १ असारदेखि ५ गतेसम्म सर्वसाधारणमा निष्कासन तथा बिक्री खुल्ला गरिएको सेयरमा छिटो अवधिमै सर्वसाधारण आवेदकबाट माग गरेभन्दा बढी सेयर खरिदका लागि आवेदन परेको थियो । १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।
आदर्शले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो। बिओके क्यापिटलले २३ जेठमा आह्वान पत्र प्रकाशित गरेको थियो । आदर्श लघुवित्तले प्रतिसेयर अङ्कित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात् तीन हजार ३५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी ६२ हजार ६१५ कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।