आर्थिक वर्ष २०७९र८० को शुरुवात: नेप्सेमा झिनो सुधार

होमल्याण्ड खबर

२०७९ श्रावण १ गते, आईतवार १५:४७ मा प्रकाशित

सेयर बजार परिसूचक नेप्सेले झिनो सुधारसहित आर्थिक वर्ष २०७९र८० को शुरुवात गरेको छ । साताको पहिलो कारोबारका दिन समेत रहेको साउन १ गते नेप्से सूचक १.९३ अंकले बढ्दै २ हजार ११ दशमलव ३९ अंकमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.०२ अंकले बढ्दै ३८५.९३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १.९३ अंकले बढेको बजारमा आज १ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंकिङ, ट्रेडिङ म्यानु एण्ड प्रो, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १.१२ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक ०.९१ प्रतिशतले बढेको छ ।