नबिल बैंकबाट शैक्षिक कर्जा लिन अब थप सहज

होमल्याण्ड खबर

२०७५ भाद्र १८ गते, सोमबार १२:५२ मा प्रकाशित

नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गर्ने गरेको शैक्षिक कर्जाको प्रकृयालाई थप सहज बनाएको छ ।
अब विद्यार्थीहरुले सम्बन्धित कलेजरविश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन ।
विद्यार्थीहरुले प्रयासरत कलेजरविश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न सहज हुने अपेक्षा बैंकले लिएको छ ।
संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग २०७५–०५–०८ मा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रम बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गरेका थिए कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत अन्य व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।