१० मंसिर २०८१, सोमबार
सुनको मुल्यमा गिरावट आएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।