आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगर्ने

होमल्याण्ड खबर

२०७९ श्रावण १८ गते, बुधबार १२:४५ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ। भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ। यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।