टेलिकमको मोवाइल नेटवर्कमा समस्या

होमल्याण्ड खबर

२०७५ भाद्र १९ गते, मंगलवार १०:३३ मा प्रकाशित

नेपाल टेलिकमको मोवाइल नेटवर्कमा समस्या देखिएको छ । बिहान सवा ६ बजेदेखि केहीबेर मोवाइलमा समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार अहिले देशभर कति मोवाइलमा समस्या भएको हो भन्नेबारेमा एकिन नभएको भए पनि नेटवर्कमा समस्या हुँदा लाखौं ग्राहक समस्यामा परेका छन् ।

बिहान सवा ६ बजेदेखि पोस्टपेड र प्रि–पेड मोवाइलमा फोन नलाग्ने समस्या आएपछि तत्काल समाधान गरिएको टेलिकमले जनाएको छ ।