शुक्रबार सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बढ्यो

होमल्याण्ड खबर

२०७९ श्रावण २० गते, शुक्रबार ११:५५ मा प्रकाशित

केहीदिन यता नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।